हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले लामखुट्टेको टोकाइबाट संक्रमित हुने डेङ्गी रोग नियन्त्रणका लागि अभियान सुरु गर्ने भएको छ । देशैभर बढ्दै गएको डेङ्गी रोग नियन्त्रणका लागि पालिकाले अभियान सुरु गर्ने भएको हो ।

गाउँपालिकामा रहेका संघ संस्थाहरु, टोल विकास, सहकारी, वन उपभोक्ता समिती लगायत सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गर्ने बताइएको छ । वडा कार्यालय र स्वास्थ्य संस्थाहरुले यस अभियानमा नेतृत्व गरी लामखुट्टेको बासस्थान नष्ट गर्ने गाउँपालिकाद्धारा जारी सुचनामा उल्लेख छ ।

वर्षायाममा डेङ्गी रोगको महामारी देखिने भएकाले बेलैमा सचेत रहन मनहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ ।