हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.१ मा रहेको कालिका किसडी सामुदायिक वनको ८०० क्यूफिट काठमा बुधवार आगलागी भएको छ ।

प्रहरीका अनुसार उक्त काठको थुप्रोमा आगलागी हुँदा २०० वटा गोलिया बाँकी रहेको अरु बसै जलेर नष्ट भएको हो । आगो के कसरी लागेको नखुलेको प्रहरीले जनाएको छ । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।