हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ बुतारगाँउमा आगोले पोलेर एक जना घाइते भएकी छन् ।

भीमफेदीकी ४५ बर्षीया पार्वती रम्तेल घाइते भएकी हुन् । आफ्नै घरमा आगो ताप्ने क्रममा साडीबाट शरिरमा आगो लाग्दा उनी घाइते भएको प्रहरीले जनाएको छ ।

उनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।