हेटौंडा । अचेत अवस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ । मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिका–२, भालुखर्ककी विष्णुमाया लोप्चनको मृत्यु भएको छ ।

शुक्रबार बिहान ८ बजेको समयमा साग टिप्न भनी बारीमा गएकी विष्णुमाया निक्कैबेरसम्म नफर्किएपछि आफन्तले हेर्न जाँदा अचेत अवस्थामा भेटिएकी थिइन् ।

अचेत अवस्थाकी विष्णुमायालाई उपचारका लागि काठमाडौं जिल्लाको फर्पिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा लगिएको थियो । अस्पतालमा डाक्टरले विष्णुमायाको स्वास्थ्यजाँच गर्दा मृत घोषणा गरिदिएको जिल्ला प्रहरी प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।