हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.भुमीचुली शनिवार टिपर दुर्घटना भएको छ ।  

ऋद्धिसिद्धि सिमेन्ट उद्योगको चुनढुङ्गा खानीबाट चुन ढुङ्गा लिएर आउँदै ना १ क ५८७ नं. को टिपर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा मानबिय क्षति नभएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । टिपर पूर्ण रुपमा क्षति भएको र टिपर तत्काल घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।