हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६ मा शौचालय जाँदा लडेर एक युवकको मृत्यु भएको छ ।
हेटौँडा–६ कल्यानटार बस्ने अन्दाजी २८ बर्षिय उद्धव राईको मङ्गलवार साँझ लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
आफ्नै घरको शौचालयबाट निस्कने क्रममा शौचालय बाहिर अचानक लडेर बेहोस भई उपचारको लागी हेटौँडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनको शव हेटौँडा अस्पतालमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्