हेटौँडा । भूमि आयोग मकवानपुरको अध्यक्षमा बलराम बल नियुक्त भएका छन ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हेटौँडा उपमहानगरपालिका–१ निवासी बललाई अध्यक्षमा नियुक्त गरेको हो ।
सोमबार सरकारको मन्त्रीस्तरको निर्णयले ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरिएको हो । सोमबार भूमि व्यवस्था तथा सहकारी मन्त्री रामनाथ अधिकारीले नवनियुक्त जिल्ला अध्यक्ष बललाई शपथ ग्रहण गराएका थिए । बल नेकपा (एमाले) बागमती प्रदेश कमिटीका सदस्य हुन ।












प्रतिक्रिया दिनुहोस्