हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट १११ किलो लागूऔषध गाँजा सहित एकजना पक्राउ गरेको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ राटोमाटे चेकपोईन्ट हेटौँडाबाट बाराको निजगढ तर्फ जाँदै गरेको बा ७ च २५१० नम्बरको पिकअप भ्यानलाई चेकजांच गर्ने क्रममा १११ किलो लागूऔषध गाँजा सहित चालक मकवानपुरको कैलाश गाउँपालिका २ डाँडाखर्क बस्ने ३४ वर्षिय रावल स्याङ्वोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले जानकारी दिए ।

गाडी तरकारी बोक्ने रहेको र गाडीको पछाडीको ढाला भित्र खाली क्रेटहरुले छोपी लुकाई छिपाई गरी ल्याईएको अवस्थामा अबैध लागु औषध सहित चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।