हेटौँडा । मकवानपुरगढी–३, मक्राञ्चुलीमा रहेको टावरडाडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा पुनः शत्रुघन दुलाल चयन भएका छन् । शनिवार सम्पन्न भएको दोस्रो वार्षिक साधारणसभाको बन्द सत्रले दुलालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नेत्र प्रसाद चौलागाई, सचिवमा शान्त प्रसाद दाहाल, कोषाध्यक्षमा सम्झना थिङ चयन भएका छन् । समितिको सदस्यहरूमा बलराम भट्टराई , शर्मिला अर्याल, रमाकुमारी तिमल्सिना , रामेश्वर घिमिरे र अनिल दाहाल चयन भएका छन् । यसै गरी लेखा समिति संयोजकमा शिवराम न्यौपाने र सदस्यहरूमा गोविन्द देवकोटा र सरिता चौलागाई चयन भएका छन् ।

नयाँ कार्यसमितिको निर्वाचन गराउन इन्द्र प्रसाद चौलागाईको संयोजकत्वमा कृष्णप्रसाद हुमागाईँ र भीमसेन पौडेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेश खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बद्री प्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम् समितिका अध्यक्ष शत्रुघन दुलालको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा मकवानपुरगढी गाउँपालिका कार्यपालिका सदस्य दुर्गा बहादुर बराइली, ३ नं वडा सदस्य प्रेम बहादुर थोकर, खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, मकवानपुर सचिव चन्द्र बहादुर योन्जन, मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जुन प्रसाद दाहाल, कालीदेवी टोल विकास संस्था अध्यक्ष सूर्य पुडासैनी , सुशासन टोल विकास संस्था अध्यक्ष राम दाहाल, कालीदेवी मन्दिर व्यवस्थापन समिति अध्यक्ष निश्चल सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । समितिमा २ सय ८० घरधुरी आबद्ध रहेको व्यवस्थापक हरिचन्द्र सापकोटाले बताए ।

भीमसेन पौडेल
थप जानकारी