हेटौँडा । मोरङ जिल्लाबाट आएको सामुदायिक वनका पदाधिकारीहरूले हेटौँडामा रहेको रानी सामुदायिक  वन उपभोक्ता  समूहको अवलोकन  गरेका छन् ।

मोरङ जिल्लामा रहेको कमलपुर सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि, सल्लाहकार, वनका कर्मचारी, उपभोक्ता  लगायतकाले रानी सामुदायिक  वनको अवलोकन  गरेका हुन ।

सहभागी  सामुदायिक  वनका अवलोकनकर्ताहरूलाई समूहका कार्यालय  सचिव भीमसेन पौडेल र वन हेरालु हरिचन्द्र सापकोटाले  समूहले गरेका विभिन्न  कार्यहरूको बारेमा जानकारी  गराएका थिए ।

सहभागीहरूलाई वन व्यवस्थापन , वन सदुपयोग, महिला सहभागिता, वन डढेलो नियन्त्रण, सामाजिक  कार्य, आयआर्जन , पर्यापर्यटन लगायतका विषयहरूमा जानकारी  गराइएको थियो । कमलपुर  सामुदायिक  वनका अध्यक्ष  गोपाल श्रेष्ठको  नेतृत्वमा  आएको भ्रमण  दलमा ३० जनाको सहभागिता रहेको थियो । हाल सम्म रानी सामुदायिक  वनको ५ सय ७० वटा भ्रमण टोलीले अवलोकन गरिसकेको समूहले जनाएको  छ ।