हेटौँडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको सिफारिसमा सोमबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले तिमिल्सिनालाई सपथ ग्रहण गराएका हुन्।

बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त भएपछि मुख्य न्यायाधिवक्ता पनि फेरिएका हुन् । तिमिल्सिना भक्तपुरको चागुनारायण नगरपालिका–८ का निवासी हुन्  । ४९ वर्षीय तिमिल्सिनाले व्यावसायिक तथा अपराध कानुनमा स्नात्तकोत्तर गरेका छन् भने समाजशास्त्र तथा मानवशास्त्रमा पनि स्नात्तकोत्तर गरेका छन् ।