हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक भएसंगै नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु क्याम्पस कमिटी मकवानपुर बहुमुखी क्याम्पसको प्रथम बिस्तारित बैठकले स्ववियु निर्वाचन कमिटी घोषणा गरेको छ ।

अनेरास्ववियु क्याम्पस कमिटी मकवानपुर बहुमुखी क्याम्पसको आज भएको प्रथम बिस्तारित बैठकले स्ववियु निर्वाचन केन्द्रित विषय र स्ववियु निर्वाचन परिचालन कमिटी अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष प्रसिद्ध रेग्मीको संयोजकत्वमा ३९९ सदस्य स्ववियु निर्वाचन परिचालन कमिटी घोषणा गरेको हो ।

अनेरास्ववियु केन्द्रिय स्थाई कमिटी सदस्य किशन घिसिङको प्रमुख आतिथ्यतमा बैठक भएको थियो । बैठकमा नेवि संघ परित्याग गरि अनेरास्ववियु क्याम्पस कमिटी प्रवेश गरेका दिपेश अधिकारी सहित १५ जनालाई स्वागत गरेको क्याम्पस कमिटी सचिवालय सदस्य विमल बस्नेतले जानकारी दिए ।

बैठकमा अनेरास्ववियु मकवानपुर अध्यक्ष एवं केन्द्रिय सदस्य भुवन मैनाली, केन्द्रिय सदस्य विशाल पौडेल,अनेरास्ववियु मकवानपुर सचिव पुष्कर तिमल्सिना,सह सचिव प्रमोद फुयाँल लगायतको आतिथ्यता रहेको थियो ।