हेटौँडा । धरान चतरा सडकखण्ड अन्र्तगत मकवानपुरको बकैया गाउँपालिका वडा नं.३ जलजलेमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँएर दुर्घटना भएको छ ।
फापरबारीबाट हात्तिसुँडेतर्फ आउँदै गरेको बा.प्र.०३–००५ प ३७११ नम्बरको मोटरसाइकल र बिपरित दिशातर्फ जाँदै गरेको बा.प्र.३–००३ प ५८३३ नम्बरको स्कुटर एक आपसमा ठोक्किँएको हो ।
मोटरसाइकल चालक बकैया गाउँपालिका–४ रथली बस्ने १९ वर्षीय बिशाल भोलन, स्कुटर चालक बकैया गाउँपालिका–३ हात्तिसुँडे बस्ने १९ बर्षीया ममता न्यासुर, स्कुटरमा सवार सोही स्थानकी २३ बर्षीया अन्जु लुङ्वार र उनको भाई ४ बर्षीय एरियान लुङ्वार घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते मध्ये ममताको बाँया घुँडामा चोट र अन्जु दाहिने खुट्टामा चोट लागेको छ भने बिशाल र एरियान अवस्था सामान्य छ । उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक बिशाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया दिनुहोस्