हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट पास भएको छ । शनिबर बसेको हेटौंडा उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो वैठकले आगामी आर्थिक बर्षको २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँ बजेट पारित गरेको हो ।
उपमहानगरपालिकाले गत असार २ गतेको नगरसभाले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँबाट बेहोरिने गरी बजेट सार्वजनिक गरेको थियो ।
नगरसभाले आर्थिक विधेयक २०८० विनियोजन विधेयक २०८० सर्वसम्मतरुपमा पारित गरेको छ । त्यस्तै संगठन सुदिृढकरण तथा व्यवस्थापन प्रतिवेदन स्वीकृत गर्ने निर्णय समेत गरेको हेटौंडा उपमहानरपालिकाले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्