हेटौँडा । पूर्वी मकवानपुरको बागमती–७ पाथीभरामा नुहाउने क्रममा ढुङ्गामा चिप्लिएर जमेको पानीमा डुबेर बालिका घाइते भएकी छिन ।
स्थानीय १२ वर्षीय मेलिना कुमारी राई दिदिहरु सँग चौरा खोलामा नुहाउने क्रममा ढुङ्गामा चिप्लिएर जमेको पानीमा डुबेको प्रहरी वरिष्ठ उपरीक्षक सूचना अधिकारी सञ्जय सिंह थापाले जानकारी दिए ।
राईलाई सास फेर्न गाह्रो भएपछि उपचारको लागी झुरझुरे स्थित सान्भी मेडिकलमा लगिएको थियो । घाइतेको अवस्था मध्यम रहेको प्रहरी चौकी झुरझुरे मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्