हेटौँडा । मकवानपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतमले पर्सा राष्ट्रिय निकुञ्ज र स्थानीय नागरिकबीचको सम्बन्ध सुमधुर बनाउँदै संरक्षण र विकासलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।
निकुञ्जका कारण स्थानीय नागरिकले भोग्दै आएका समस्या, विकास निर्माणमा हुने अवरोध तथा घाँस–दाउरा र घरगोठ निर्माणमा प्रयोग हुने ढुङ्गा–बालुवाको सहज उपलब्धताका विषयमा उनले निकुञ्जका प्रतिनिधिसँग छलफल गरेका हुन् ।
छलफलमा हेटौँडा उपमहानगरपालिका–१२, १३ र १४ तथा मनहरी गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय नागरिक र निकुञ्जबीच सहकार्य बढाउने र जंगल सफारी करिडोर निर्माण गर्ने सम्भावनाका विषयमा समेत चर्चा भएको छ ।
निकुञ्जको संरक्षणसँगै स्थानीय नागरिकका आवश्यकता र अधिकार सम्बोधन गर्दै प्रकृति संरक्षण र स्थानीय समृद्धिलाई सँगसँगै अघि बढाउने उद्देश्यले छलफल गरिएको जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्