हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका १ नम्बर वडा अध्यक्षमा आशिष तितुङ विजयी भएका छन् ।
शनिबार साँझ निर्वाचन आयोगको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार नेकपा माओवादी केन्द्रका आशिष तितुङले ७ सय १६ मत पाएर विजयी हुँदा नेकपा एमालेका उम्मेदवार टेकबहादुर भोम्जनले ४ सय ४६ मत मात्रै पाए ।
वडा सदस्यमा पनि नेकपा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । वडा सदस्यमा बलिमाया मोक्तान, विमली नेपाली, अन्जान लामा थिङ र जीतबहादुर वाईबा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्