हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–३ मा कांग्रेसका अनन्त अर्याल विजयी भएका छन् । आइतबार साँझ सम्पन्न मतगणनाअनुसार अर्याल १ हजार ४२ मतसहित वडा अध्यक्षमा विजयी भएका हुन् ।
अध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार सञ्जीव पाठकले ७ सय २० मत पाउँदा नेकपा एमालेका उम्मेदवार मानबहादुर बलले ५ सय ४३ मत पाए । वडा सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार नै विजयी भएका छन् । वडा सदस्यमा सविता सुवेदी, धनमाया बिक, सानुकाजी लुइटेल र हीराबहादुर प्रजा विजयी भएका छन् ।












प्रतिक्रिया दिनुहोस्