हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु नेगी विजयी भएका छन् । उनले ६ सय ३३ मत सहित जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार सिद्धि मान घलानले ५ सय ८२ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार रामबहादुर गोलेले ५ सय २३ मत प्राप्त गरेका छन् ।
त्यस्तै वडा सदस्यमा विर बहादुर घलान,संजय कुमार लोप्चन,जरी मायाँ वाईबा र दिप कुमारी विश्वकर्मा विजयी भएका छन् ।
बकैया–१० मा नेपाली कांग्रेसकी कमला वाईबा, बकैया–११ मा नेपाली कांग्रेसका गोपाल बहादुर नेसुर, बकैया–१२ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बजगाई र बकैया–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार आशिष तितुङ, बकैया–२ मा नेकपा माओवादीका विश्वराज स्याङ्तानले जित हासिल गरेका छन् । बकैया गाउँपालिकामा एमालेले जम्मा एउटा वडा अध्यक्ष जितेको छ । एमालेका बकैया–६ का उम्मेदवार फुलबहादुर भोम्जन जित हासिल गरे । त्यस्तै












प्रतिक्रिया दिनुहोस्