हेटौंडा । हेटौंडा दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा स्वागत गरिएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघले महोत्सव परिसरमा स्वागत गरेको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीको नेतृत्वमा आएको टोलीलाई मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले हेटौंडामा स्वागत गरेका हुन ।
औद्योगिक क्षेत्र भ्रमणको क्रममा हेटौंडा आएका उद्योगी व्यवसायीलाई संघले आयोजना गरेको महोत्सव परिसरको सचिवालयमा नै स्वागत तथा सम्मान गरिएको थियो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले संघको गतिविधिबारे जानकारी दिए ।
त्यस्तै दाङ जिल्लाउवा संघका अध्यक्ष बुढाथोकीले दाङ जिल्ला उवा संघको क्रियाकलाप बारे जानकारी गराए । दाङ जि.उवा संघका अध्यक्ष तथा पूर्व अध्यक्षसहितको टोलीले हेटौंडामा रहेको औद्योगिक क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्