हेटौंडा । भेडाबाख्रामा लाग्ने पिपिआर रोग बिरुद्धको सप्ताहव्यापी खोप कार्यक्रम हेटौंडामा उद्घाटन गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरको आयोजनामा सप्ताहव्यापी पिपिआर बिरुद्धको खोप अभियान कार्यक्रमको उद्घाटन गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नं. १२ अल्दमार कुनाटोलमा बाख्राहरुमा पिपिआर रोग बिरुद्धको खोप भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा.बज्र किशोर ठाकुरले लगाएर उद्घाटन गरेका थिए ।

कार्यक्रममा वडा नं. १२ का निमित्त वडा अध्यक्ष ज्ञान बहादुर श्रेष्ठ, कृषि पशुपन्छी विकास मन्त्रालयका डाक्टर निशान्त शर्मा गेलाल लगायतकाले शुभकामना दिएका थिए । खोप अभियान फागुन १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी रुपमा सञ्चालन हुनेछ ।