हेटौंडा । पूर्वी मकवानपुरको धरान चतरा सडक अन्र्तगत बकैया गाउँपालिका वडा नं.तिनतलेमा बसले ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका छन । 

शुक्रवार दिउँसो ४ बजेर ४५ मिनेटको समयमा बसको ठक्करबाट बकैया गाउँपालिका वडा नं.भडौरा बस्ने ३५ बर्षिया भिमसेन बजगाइँ (बकैयाका नगर प्रहरी) घाइते भएका हुन । 

हेटौडाबाट फापरबारी जाँदै गरेको बा २ ख ६९४३ नम्बरको बसले  फापरबारीबाट हेटौंडा आउँदै गरेको  प्रदेश २–०३–०२१ प ६६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक  बजगाईँ घाइते भएका हुन । उनको टाउको र अनुहारमा चोट लागि उपचारको लागि चुरेहिल अस्पताल हेटौडामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

ठक्कर दिने बस र बस चालक ललितपुर गाउँपालिका वडा न.७ सुबानी बस्ने २६ बर्षिया सोमलाल भोलनलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।