काठमाडौं । वेबसाइट र मोबाइल एप डेभलपमेन्ट सम्बन्धी अनलाइनमार्फत आधारभूत तालिम हुने भएको छ । ‘ईकमर्स साथी’ नामक कम्पनीले सात/सात दिन गरेर वेबसाइट र मोबाइल एप डेभलपमेन्ट तालिम दिने भएको हो ।

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यवसायलाई अनलाइनमा लैजान वेबसाइट र मोबाइल एप निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला यस्तो तालिम सञ्चालन गर्न लागिएको ईकमर्श साथीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय कुमालले बताए ।

आधारभूत वेब डिजाइन तालिम आगामी २७ वैशाखदेखि सुरु हुनेछ । तालिममा इच्छुक जोकोहीले सहभागिता जनाउन सक्नेछन् ।

सहभागीले वेबसाइट डेभलपमेन्टको तालिममा डोमेन रजिस्ट्रेसन, होस्टिङ, निःशुल्क डोमेन रजिस्ट्रेसन गर्ने तरिका, वर्ड प्रेस इन्स्टल, सेटिङ, फ्रि थिम र प्लगइन प्रयोग गरी ‘रियल टाइम पर्सनल प्रोजेक्ट डेभलपमेन्ट’को काम सिक्न पाउने छन् । मोबाइल एप डेभलपमेन्टमा भने ‘बेसिक डार्ट’ र ‘फ्लटर’बारे सिक्न पाउने छन् ।

जुमबाट हुने तालिममा १०० जनाको मात्रै क्षमता भएकाले अन्य इच्छुकले विजय कुमालको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । वेबसाइट डेभलपमेन्टको तालिम २७ वैशाखदेखि एक हप्तासम्म हरेक दिन बेलुकी ७ देखि ८ बजेसम्म चल्नेछ । त्यसैगरी मोबाइल एप डेभलपमेन्ट तालिम २८ वैशाखदेखि एक हप्तासम्म हरेक दिन बेलुकी ८:४५ देखि १०:००  बजेसम्म चल्नेछ ।

तालिममा जोडिन चाहनेहरूका लागि जुम आईडी उपलब्ध गराइएको छ । वेबसाइट डेभलपमेन्ट आधारभूत तालिममा भाग लिन यहाँ र मोबाइल एप डेभलपमेन्टको तालिमका लागि यहाँ क्लिक गर्नुहोस् ।