हेटौंडा । हेटांैडा–६, चौघडामा रहेको गुप्तेश्वरी टोल विकास संस्थाको २१ औं वार्षिक साधारणसभा शनिवार भएको छ ।
हेटांैडा–६ का वडा अध्यक्ष विष्णुप्रसाद दाहालको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष नानी मायाँ रुम्वाको अध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा संस्थाकी अध्यक्ष रुम्वाले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष सविता सुब्बाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
संस्थाको चालु आव.मा टोलको फोहोर ब्यवस्थापन गर्ने, सचेतनामुलक होडिङग बोर्ड राख्ने, खानेपानी र सडक बत्तीको ब्यवस्थापन, मठमन्दिरको सरसफाई, विकृति, विसंगति विरुद्ध कार्यक्रम सञ्चाचलन गर्ने योजना रहेको छ । साधारणसभामा वडा सदस्य लेखराज ढकाल, टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णुप्रसाद ढुङगाना, वडा समन्वय समिति अध्यक्ष बासुदेव खतिवडा, समूहकी उपाध्यक्ष शुभद्रा आचार्य, सचिव अप्सरा अधिकारी, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
एकसय ४६ घरधुरी रहेको यस टोल विकास संस्थाको कुल बचत ३७ लाख ८७ हजार र कर्जा लगानी ३३ लाख २५ हजार रहेको संस्थाले जनाएको छ ।


भीमसेन पौडेल 


















प्रतिक्रिया दिनुहोस्