अपवित्र नबनाऔं न भन्छु,बागमतीको जललाई
खै कति सम्झाउनु बुझाउनु,राजनैनिक दललाई।

देशको मुहार फेर्छु भन्दै,गरिब जनता हेर्छु भन्दै
कहिल्यै नभुल नेता ज्यु,सपथ लिएको पललाई।

घुस थोरै खान खोज्दा,टेबुल मुनि जान खोज्दा
ऐनामा छर्लङ्गै देखिन्छ,हजुरले गरेको छ्ललाई।

नयाँ प्रबिधि खोज्नुपर्छ,असल ब्यक्ति रोज्नुपर्छ
बिदेशमा झैँ लुकाई बगाऔं,देखिएको ढललाई।

नसालु पदार्थ खाने हैन,भट्टी र डिस्को जाने हैन
बुद्धिमा बदल्नु पर्छ,चढ्दो जवानी को बललाई।

खोटाङ
हालःप्रवास

पबित्रा चाम्लिङ
थप जानकारी