हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ स्थित तलो विरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा गोठडाडा बस्ने ६० बर्षीय खर्क बहादुर थिङ र ५० वर्षीय पुर्ण बहादुर लो रहेका छन् ।

बुधबार स्थानीय जित बहादुर बम्जनको मकै बारीमा लत्रिएको बिजुलीको नाङ्गोतारलाई पोल गाडेर उठाउन फलामको खन्तीले खाडल खन्ने क्रममा खन्तीले तारलाई छुदा करेन्ट थिङ र लोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।