हेटौंडा । मकवानपुर प्रहरीले चोरी भएको ४ वटा मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ ।
मकवानपुर प्रहरीले चोरी भएको मोटरसाइकलसहित सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–६, सन्कौवाटोल का ४० वर्षीय आईते सिं गोले र सर्लाही जिल्लाको बागमती नगरपालिका–१, डाबडाँडाका १९ वर्षीय रोशन घिसिङलाई पक्राउ गरेको हो ।
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका, बागमती गाउँपालिकाबाट हराएको भनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा आइतबार सर्लाही जिल्लाको बागमती नगरपालिका–१, डाबडाँडाबाट थप दुईवटा मोटरसाइकलसहित गोले र घिसिङलाई पक्राउ गरिएको हो । प्रहरीले हेटौंडा अस्पतालअगाडि अगाडि र पछाडि फरक फरक नम्बर रहेको मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्