काठमाडौं । हेटौंडाको रिलायन्स इङ्गलिस सेकेण्डरी बोर्डिङ्ग स्कुलका संस्थापक प्राचार्य तथा प्याब्सन बागमति प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ ‘लाइफ टाइम अचिभमेण्ट अवार्डद्वारा सम्मानित भएका छन् ।
एक्जिटो एजुकेशन अष्ट्रेलियाद्वारा सिंगापुर र मलेसियामा आयोजित ‘एक्जिटो इण्टरनेशनल एक्सिलेन्स अवार्ड-२०२३ अन्तर्गत श्रेष्ठ ‘लाइफ टाइम अचिभमेण्ट अवार्डद्वारा सम्मानित भएका हुन् ।
अन्तर्राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम लिंकन विश्वविद्यालयका कुलपति प्रोफेसर डाक्टर एचजेएच विबी फ्लोरिना अब्दुल्लाहको प्रमुख आतिथ्यता र मलेसियाका राजदुत डाक्टर मोहम्मद युसुफ ए बकारको विशेष आतिथ्यता रहेको थियो ।
एक्जिटोले सर्वेक्षण गरेका नेपालका ५०० भन्दा बढी मोण्टेश्वरी, विद्यालय एवं कलेजहरूमध्येबाट शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विद्यालय तथा कलेजका संस्थापक, सञ्चालक एवं प्राचार्यहरूलाई १२ वटा विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा एक्जिटो एजुकेशन अष्ट्रेलियाका निर्देशक सचेत वीदीजन, कार्यक्रम संयोजक तथा अनुजा मेडियाकी अध्यक्ष अनुजा आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।











प्रतिक्रिया दिनुहोस्