हेटौंडा । राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले कृषि क्षेत्रको विकासको लागि सरकारले कृषिम कर छुट दिनु पर्नेमा जोड दिएका छन । मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको मंगलवार हेटौडामा भएको दशौं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै राईले सहकारी विच समन्वय हुनुपर्ने बताए ।
सहकारीले शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने योजना बनाउनु पर्नेमा जोड दिदै देशको अर्थतन्त्रमा सहकारीको योगदान उल्लेख्य रहेका बताए । मुलुक आर्थिक संकटमा रहेको समयमा सहकारीले पनि देशको लागि योगदान गर्नु पर्ने बताउदै सहकारी र सरकारविचको सम्वन्ध सुमधुर हुनु पर्नेमा वहाको जोड थियो ।
साधारणसभामा संघलाई सहयोग गर्ने शिवम सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, सर्वोतम संचिति सहकारी, दिव्यतारा सहकारी, ज्ञानेन्द्र अधिकारी,प्रमिन्द्र सिग्देल लगायतकालाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । साधारणसभामा संघका अध्यक्ष रामहरि न्यौपानेले संस्थागत प्रतिवदन, कोषाध्यक्ष पुरुषोत्तम कार्कीले आर्थिक प्रतिवेदन र लेखा संयोजक रामेश्वर अर्यालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा हेटौडा–४ का वडा अध्यक्ष नविन सिग्देल, हेटौडा उपमहानगरपालिका सहकारी विकास महाशाखा प्रमुख हिम प्रसाद पौडेल,मदन राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक बद्री प्रसाद लम्साल, मदन भण्डारी फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलाल,मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठ,हेटौडा–९ का पूर्व अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, सर्वोतम संचिति सहकारीका अध्यक्ष राम बहादुर बस्नेत, नारायणी बहुउद्धेश्यीय सहकारीका अध्यक्ष जंग बहादुर गुरुङ, संघकी उपाध्यक्ष शर्मिला डंगोल, सचिव प्रतिमा श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । संघमा मकवानपुर जिल्लामा रहेका २३ वटा बहुउद्धेश्यीय सहकारी संस्थाहरु आवद्ध रहेको सचिव प्रतिमा श्रेष्ठले बताईन ।












प्रतिक्रिया दिनुहोस्