हेटौँडा। हेटौँडा उपमहानगरपालिका –१९, बस्तीपुरको प्रतीक्षालयमा अचेत अवस्थामा फेला परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरेर प्रतीक्षालयमा अचेत अवस्थामा बुधबार राति फेला परेका मनहरी गाउँपालिका –३ ढेडो खोलाका ४२ वर्षीय सानो माइला चेपाङको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले चेपाङको उद्धार गरी उपचारका लागि अटोमा राखेर हेटौँडा अस्पतालमा लगेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएकाे छ।

चेपाङको उपचारको क्रममा ९ बजेर ४० मिनेट जाँदा मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक सूचना अधिकारी सञ्जयसिंह थापाले जानकारी दिए ।