हेटौंडा । मकवानपुर प्रहरीले १६ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गाँजा सहित ४० बर्षीय किताब सिं गोले, मकवानपुरको राक्सीराङ गाँउपालिका वडा नं. १ बस्ने ३२ बर्षीय बिक्रम कुमार गोले र ३४ बर्षीय कुमार घ्यावालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौंडा उप–महानगरपालिका वडा नं. १९ बस्तीपुर स्थित पुर्ब– पश्चिम लोकमार्ग सडक खण्डमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज १६५६ नं.को यात्रुबाहक माईक्रो बस चेकजांच गर्ने क्रममा उनीहरुको साथबाट गाँजा बरामद गरेको थियो ।
लागु औषध गाँजा सहित फक्राउ परेका तीनै जनालाई म्याद थप गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्