हेटौंडा । नेपाल राष्ट्र बैंकले चार वर्ष अवधिको लागि १० अर्ब रुपियाँको विकास ऋणपत्र २०८२ ‘ङ’ निष्काशन गर्ने भएको छ ।

उक्त ऋणपत्रका लागि माघ १६ गते ३ बजेसम्म अनलाइन प्रणालीबाट बोलकबोल पेश गर्नुपर्ने मौद्रिक व्यवस्थापन विभागले प्रकाशित गरेको सूचनामा उल्लेख छ । माघ १७ गते निष्काशन हुने ऋणपत्रको साँवा २०८२ माघ १७ गते भुक्तानी गरिने छ ।

राष्ट्र बैंकले बिक्री गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।