सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७।९९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ४८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसैगरी, दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ५७ करोड ६५ लाख ७५ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ५।५० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ५४ करोड ६५ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर ४४ करोड ९० लाख ६८ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४२ करोड ३३ लााख ७३ हजार रूपैयाँ रहेको थियो ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०२ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १२४ रुपैयाँ २५ पैसा पुगेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छ :
प्रतिक्रिया दिनुहोस्