हेटौंडा । आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालु आर्थिक बर्षमा मनसुनजन्य विपद् र आगलागीमा परेका तीन जिल्लाका एकहजार साठ्ठी जनालाई ८० लाख ५५ हजार उपलब्ध गराएको छ । सिन्धुपाल्चोक, धादिङ र रामेछापलाई पहिलो र दोश्रो किस्ता वापतको रकम उपलब्ध गराएको हो ।

मनसुनजन्य क्षति भएको सिन्धुपाल्चोकमा दोश्रो किस्ता वापतको एक हजार ४६ जना लाभग्राहीलाई ७८ लाख ४५ हजार, धादिङमा आवास पुर्न निर्माणका लागि पहिलो किस्ता तीन जना लाभग्रहीलाई ४५ हजार र रामेछापमा आगलागीमा परेका ११ लाभग्राहीलाई पहिलो किस्ता वापतको एकलाख ६५ हजार पठाइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयकी सूचना अधिकारी रबिता कार्कीले जानकारी दिइन् ।