हेटौंडा । हेटौंडा–६ मा रहेको दिव्यनगर टोल विकास संस्थाको तेश्रो वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।

हेटौंडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष तारानाथ ढकालको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष ढकालले संस्थागत प्रतिवेदन र कोेषाध्यक्ष लक्ष्मण चौलागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, सचिव राजेन्द्र चौलागाई, सामाजिक विकास महाशाखाकी पुजा अर्याल, वडा समन्वय समिति, हेटौंडा–६ का अध्यक्ष बासुदेव खतिवडा, सचिव राजकुमार फुँयाल, टोलका निवर्तमान अध्यक्ष सूर्य प्रसाद दुलाल, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यस टोल विकास संस्थामा ४१ घरधुरी आवद्ध रहेका छन ।