हेटौँडा । मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघको ११ औं बार्षिक साधारणसभा शनिवार हेटौँडामा भएको छ । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालमा आवद्ध मकवानपुरका व्यवसायीहरुको साधारणसभा भएको हो ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यता एवम् जिल्ला अध्यक्ष केशव प्रसाइको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष बिष्णुमाया उचही, महासचिव विवेकदास श्रेष्ठ, मकवानपुर उद्योग बाणिज्य संघका बस्तुगततर्फका राजु अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्लामा रहेका १५० ग्रिल तथा स्टिल व्यवसायीले करिव ६०० जनालाई रोजगारी दिइरहेको सल्लाहकार प्रकाश पौडेलले जानकारी दिए । कार्यक्रम जिल्ला सचिव रविकृष्ण नकर्मीले सञ्चालन गरेका थिए ।