हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको शिव शिखर बहुउद्देशयीय सहकारी संस्था लिमीटेड सदस्य सेवा केन्द्र तथा गार्डेन मार्ट हेटौंडाको पहिलो वार्षिकोत्सवका अबसरमा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा ५० जनाले रक्तादान गर्नुभयो । रक्तदान जीवन दान भन्ने मूल नाराका साथ कार्यक्रम गरिएको हो ।

संस्थाका हेटौडा सेवा केन्द्रका प्रमुख निवा अवलेको अध्यक्षता तथा बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल, शिव शिखर अग्रो प्रालि हेटौडाका शाखा प्रमुख प्रकाश खत्री लगायतकाको आतिथ्यता रहेको थियो ।