काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको शेयर बजारमा आज भने दोहोरो अंकले सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.९९ अंकले बढेको हो । ०.६९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६३४.५७ अंकमा उक्लिएको छ । आज २३१ कम्पनीको ५१ लख ८९ हजार ८३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार १ सय ३१ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार बढेको दिन आज होटल समूह १३.६१ र अन्य समूह ४२.१३ अंकले घटे पनि बाँकी समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी जीवन बीमा समूह १६८.१ अंकले बढेको छ । बजार बढेको दिन आज एक कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो । त्यस्तै नेपाल दूर सञ्चार कम्पनी लिमिटेडका लगानीकर्ताहरुले आज सबैभन्दा बढी २.९७ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेका अनुसार आज एनटीसीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ९४ लाख ५७ हजार २ सय २९.९० रुपियाँ बराबरको कराोबार भएको हो ।

साताको पहिलो दिन आइतबार भने बजार १४.६७ अंकले घट्दा २ अर्ब २५ करोड ४६ लाख १ सय ९१ रुपियाँ बराबरको कारोबार भएको थियो ।