काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडको १८ लाख २७ हजार ९ सय ७० कित्ता साधारण शेयर (आईपीओ) आजदेखि निष्काशन खुला भएको छ ।
यसअघि आयोजना प्रभावितलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले सर्वसाधारणका लागि निष्काशन खुला गेको हो । लगानीकर्ताले चैत्र २१ गतेसम्म कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
कूल निष्काशन मध्ये मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी १६ लाख ६३ हजार ४ सय ५३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ गोलाप्रथाबाट १ लाख ६६ हजार ३ सय ४२ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता पाउने छन् । हिजोआज आईपीओमा करीब २७ लाखले आवेदन दिने गरेकाले उक्त कम्पनीको आईपीओका लागि पनि १० कित्ताककै दरले आवेदन दिनु उपयुक्त हुनेछ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर बिक्री गरेको थियो ।
सिन्धुपाल्चोकको साविकको गुम्बा र गोल्चे गाविसहरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्