
हेटौंडा । उपकार लघुवित्त वित्तीय संस्थाले चैत्र २५ गतेदेखि चैत्र २९ गतेसम्म २ करोड ३६ लाख २५ हजार रुपियाँ बराबरको साधारण शेयर(आईपीओ) निष्काशन खुला गर्ने भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार कम्पनीले प्रति शेयर १०० अंकित दरका २ लाख ३६ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कूल निष्काशन मध्ये जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ । ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर समुहिक लगानी कोषहरुको छुट्याएर बाँकी २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आईपीओका लागि न्युनतम १० कित्ता र अधिकतम १००० कित्तासम्म आवेदन दिन सकिने छ । उक्त कम्पनीको आईपीओ २२ हजार १ सय ९ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता शेयर पाउने छन् । पछिल्लो समय खुलेका आईपीओमा २६–२७ लाखको आवेदन पर्ने गरेकाले उक्त कम्पनीको आईपीओमा समेत १० कित्ताका लागि मात्रै आवेदन लिनु उपयुक्त छ ।
नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट चैत्र ७ गते उक्त कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको थियो । कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्