काठमाडौं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औँ  वार्षिक साधारणसभा भएको छ । काठमाडौंको कालिमाटी स्थीत कालिमाटी ब्यांकेटमा सम्पन्न सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतीथि एवं बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिचाई मन्त्री बसन्त मानन्धरले सहकारीहरुले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुऱ्याएको धारणा राखे ।

शुक्रपथ बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवं कार्यक्रमका सभापति नरेन्द्र विष्टले सहकारी अभियानले छरिएर रहेको पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताए । उनले शुक्रपथ सहकारीले कोरोना संक्रमणको महामारीमा पनि आफ्ना बचतकर्ताका लागि समर्पित भएर काम गरेको फेहरिस्त प्रस्तुत गरे ।

बार्षिक साधारण सभामा सहकारीका सचिव जीवन राज ओझाले छरिएर रहेको पुँजीलाई एकत्रित गरेर सहकारीका सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन सहयोग गर्दै आएको दाबी गरे।

त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष दीपेन्द्र कुमार  श्रेष्ठले आर्थिक बर्ष ०७७र७८ को आर्थिक प्रतिवेदन र ०७८र७९ को कार्ययोजनासमेत प्रस्तुत गरे ।

बार्षिक साधारण सभामा पेश गरिएको प्रतिवेदन अनुसार शुक्रपथ सहकारीले हालसम्म १ अर्व ४१ करोड बचत संकलन गरी १ अर्व ५९ करोड ऋण लगानी गरेको र हालसम्म सहकारीमा १२ हजार सदस्य रहेका छन् । आर्थिक क्रान्तिका लागि सहकारी , हटाउँ गरिबी रबेरोजगारी भन्ने मूल नाराका साथ सहकारी अभियान संचालन गरिरहेको शुक्रपथ सहकारीले बाग्मती प्रदेशलाई आफ्नो कार्यक्षेत्र बनाई काम गर्दै आएको छ । उपत्याका बाहेक नुवाकोट र चितवनमा समेत गरि १० स्थानमा सेवाकेन्द्रहरु संचालनमा रहेका छन् ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी