हेटौडा । मकवानपुर जिल्ला बहुद्देश्यीय सहकारी संघको आठौं वार्षिक साधारणसभा हेटौंडामा भएको छ ।

हेटांैडा–९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको प्रमुख आतिथ्यता एवम सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा साधारणसभा तथा भेला भएको हो ।

भेलामा संघका अध्यक्ष रामहरि न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष विमलकुमार ढकालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक रामेश्वर अर्यालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।