हेटौंडा । शेयर बजारको उकालो यात्रा आज पनि कायमै रहेको छ । आज सोमवार पनि बजार २०.६९ अंकले बढेको हो । ०.७१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २९४७.४४ अंकमा उक्लिएको हो ।

बजार बढेको दिन आज २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६ सय ६८.०४ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यसैगरी सनराइज ब्लू चिप फण्ड, सिंगटी हाइड्रो, सीईडीपी हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सामलिङ पावर, नेपाल एसबीआई बैंक, हिमालय उर्जा, अरुण भ्याली हाइड्रो र लिवर्टी इनर्जीको शेयर मूल्य क्रमशः ८.३३, ८.१९, ८.०१, ७.७८, ७.०४, ६.०२, ५.९५, ५.८९ र ५.२६ प्रतिशतले बढेको हो ।
त्यसैगरी आज एनएमबि डिबेञ्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी ३.९५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सका अनुसार आज अरुण भ्याली हाइड्राको उच्च कारोबार भएको छ । अरुण भ्यालीको ४४ करोड ५४ लाख ९४ हजार ४ सय ७९.२० रुपियाँ बराबरको कारोबार भएको हो ।

आजको बढी कमाउने र बढी गुमाउने कम्पनीहरु हेर्नुहोस् ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी