हेटौंडा । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३३.०३ अंकले बढेर २९३१.३४ बिन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार आइएमई जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २२ करोड २० लाख ५३ हजार ४१६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहिबारको सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनी र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बुद्धभुमी नेपाल हाइड्रोपावर, न्यादी पावर कम्पनी, गुराँस लाईफ इन्स्योरेन्स, यूनियन हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् ।

यस अलावा अपि पावर कम्पनी, शिखर इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, नेपाल टेलिकम, गुराँस लाईफ इन्स्योरेन्स,अपर तामाकोशी हाइड्रोपावर, हाईड्रोइलेक्ट्रीसिटी इम्भेष्टमेन्ट एण्ड हेभलपमेन्ट कम्पनी,एनआइसी एशिया बैंक, सांग्रिला डेभलपमेन्ट बैंकको पनि अत्याधिक कारोबार भएको छ ।

यस्तै बिहिबारको सेयर बजारमा १२५ आइसिएफसि फाइनान्सको डिबेन्चर २०८३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको हो ।

आइसिएफसि फाइनान्सको डिबेन्चर २०८३ मा यस्तो गिरावट आउँदा बोटलर्स नेपाल (तराई), एनएमबि हाइब्रिड फण्ड एल–१, नयाँ सारथि लघुवित्त, सिटिजन्स म्युचअल फण्ड–१ मा पनि उच्च गिरावट देखिएको छ ।