
हेटौँडा । भौतिक विकाससँगै मानवीय चेतनाको विकास, कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले हेटौँडा उपमहानगरपालिका ४ नंं वडा कार्यालयको आयोजनामा नाटक प्रतियोगिता हुने भएको छ ।
यहाँका छ वटा सामुदायिक तथा पाँच निजी विद्यालय र दुई वटा बालसञ्चालले सामाजिक रूपान्तरण तथा विकासका लागि नाटक भन्ने मूल नाराका साथ प्रतियोगितामा सहभागि हुनेछन । विद्यालय स्तरबाटै सांस्कृतिक कलाकर्मी उत्पादन र प्रवद्र्धन गर्ने र नाटक विकास तथा नाटयकर्मीहरुको विकासका लागि कार्यक्रमको आयोजना गर्न लागिएको शुक्रवार हेटौँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा ४ नंं वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
समाजमा रहेको विकृति, विसङ्गति, कुरीति अन्धविश्वास, लागूऔषध दुव्र्यसनी हटाउन सचेतनामूलक कार्यक्रम गर्न लागिएको उनले बताए । फागुन १८ गतेदेखि २३ गतेसम्म यहाँको विद्यालयमा चरिको कथा, स्याडो, शिशिर, सत्य, निकृष्ट र दुव्र्यसनीका विषयमा नाटक प्रदर्शन तथा मञ्चन हुने आयोजकले जानकारी दिएको छ । सबै नाटकको कार्यक्रम प्रतियोगिता दिउँसो एकबजे सम्बन्धित बिद्यालयमा हुने शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ का संयोजक श्रीराम दाहालले जानकारी दिए ।
नाटकको झलझली मल्टीक्रियसनको व्यवस्थापन गरेको हो । विद्यालयमा हरेक दिन १० देखि १३ जनाको समूहले कम्तीमा ३० मिनेटको नाटक प्रदर्शन गर्नेछन् । प्रदर्शित नाटक मध्ये प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिने झलझली मल्टीक्रियसनका आशाकाजी श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्