काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मोरिससविरुद्धको खेल नयाँ अनुभव हुने बताएका छन् । नेपालका लागि अफ्रिकन राष्ट्रविरुद्ध पहिलो खेल हुनेछ । पहिलो पटक मोरिससविरुद्ध शनिबार पहिलो खेल खेल्दैछ ।

कप्तान किरणले भने,’भर्खर मात्र टिम जोईन गरेको दुई दिन भयो । खेलाडी ब्रेकमा नेशनल टिममा आउनुभाछ । सबै खेलाडी फिट देखेको छु । दुई दिन ट्रेनिङ राम्रो भयो । मैत्रीपूर्ण हो, तर जे पनि गर्न मिल्दैन रिजल्टको अपेक्षा हुन्छ । जितकै लागि खेल्छौँ । केही कुरा सिक्ने र अनुभव बटुल्ने अवसर हो । भोलिका लागि खेलमा तयार छौँ। ‘

नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले मोरिससविरुद्ध हुने मैत्रीपूर्ण खेल एसिया कप छनोटको तयारीको रुपमा बताएका छन् ।

नेपालले मोरिससँग पहिलो पटक दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसका लागि शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा उपस्थित भएका प्रशिक्षक किरण श्रेष्ठले मोरिससविरुद्धको खेलमा सुधारिएको प्रदर्शन गर्ने बताए ।

उनले भने,’मोरिसस र नेपाल उस्तै लेभलको टिम हो । वरियता उस्तै जस्तो हो । शारीरिक रुपमा अलि बलिया छन् । उही दाँजोको टिम हो ।’ मुख्य प्रशिक्षक अबदुल्ला अलमसताइरी भने प्रि म्याच कन्फ्रेन्समा उपस्थित भएनन् ।

मोरिससमा प्रशिक्षक टोनी फ्राँस्वाले धेरैपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको र ४५ दिनको मात्र तयारी रहेको बताउँदै नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने बताए ।

साभार अनलाइन खबर