हेटौंडा । बैदेशिक रोजगारीका क्रममा कतार पुगेका हेटौंडेली युवामा संगितप्रतिको मोह आज पनि उस्तै छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तीपुरका कमल प्रसाद तिमल्सिना अहिले कतारमा रोजगारीका लागि पुगेपनि संगितप्रतिको मोह उनमा घटेको छैन । उनी रोजगारीका लागि कतार पुगेको ६ बर्ष बितिसक्यो । हाल उनी कतारको राजधानी दोहामा बसोबास गर्छन । रोजगारीमा रहेका तिमल्सिना कम्पनीको काम भ्याएर बचेको समय कोठामै हारमुनियम, मादल बजाएर मन बहलाउँछन । उनी संगै कोठामा बस्ने अरु साथीहरुले पनि बेला बेला सांगितिक महोलमा उनलाई साथ दिने गरेको उनले टेलिफोन मार्फत बताए । हप्तामा एक पटक बिदा हुन्छ, उनले भने हप्ता भरिका लागि चाहिने तरकारी, खाद्यान्न ल्याउने, कपडा धुने, सरसफाइ गर्ने सबै काम सकेर गित गाउने, हारमुनियम, मादल बजाउने गरेको छु ।

कतारमा न्यूनतम १७ डिग्रीदेखि अधिकतम ५० डिग्री सम्म गर्मी हुने स्मरण गर्दै तिमल्सिनाले जाडोयाममा बिदाको बेला बाहिरतिर साथीभाइ मिलेर घुम्न जाँदा पनि अवसर पाएको बेला गित गाउने गरेका छन । पछिल्लो समय कोभिडका कारण कतार सरकारले पनि भिडभाड नगर्न तथा सामाजिक दुरी अपनाउन र अनिवार्य माक्सको प्रयोग गर्न भनेपछि साथीभाई जमघट र सांगितिक कार्यक्रम गर्न नमिलेको उनको भनाइ छ । उनले रोजगारीका लागि कतार जानु पहिला हेटौंडाको बस्तीपुरमा फोटो स्टुडियो संचालन गरेर बसेका थिए । आम्दानी राम्रो नभएपछि अरु बिकल्प खोजेका उनले राजनीतिक अस्थितरता र नेपालमै काम गर्ने वातावरण नभएपछि २०१५ मा कतार जाने निधो गरेका थिए । उमेरले ३९ बर्ष पुगेका तिमल्सिना परिवारको झल्को मेट्न पनि गितसंगित औषधि जस्तै भएको बताउँछन ।

हालै उनको पहिलो गित टेम्को सनाइ युटुवमा आएको छ । आधुनिक गितप्रति झुकाव राख्ने तिमल्सिना सात समुन्द्र पारि रहेर पनि नेपालीपन, नेपाली गित संगितप्रतिको माया पटकै कम हुन दिएका छैनन् । आफ्नो पिताको देहान्त भएको बेला कोरोनाका कारण नेपाल सरकारले नेपाल आउने उडान बन्द गर्दा उनी कतारमै रोकिएका थिए । उनी पिताको देहान्त भएको एक बर्षपछिको काममा मात्रै नेपाल आउन पाए । उनले कयौं पटक कम्पनीमा बिदाको लागि आग्रह गर्दापनि उनी उतै रोकिन बाध्य भएका थिए । नेपाल बिदामा आएको बेला बाबुको बर्खान्त काम सकेर उनले बाँकी समयमा काठमाडौंमै गित रेकर्ड गराएका थिए ।

बिदेशमा कमाएको पैसाले आफ्नो सपना पुरा गर्ने यात्रामा रहेका उनले १ लाख ६५ हजार लगानी गरेर टेम्को सनाइ गित निकालेका हुन । काठमाडौंको बिभिन्न स्थानमा छायाँङकन गरिएको गितमा मुकुन्द सुवेदी, अञ्जली अधिकारी लगायतका रहेका छन । हेटौंडाका तिमल्सिना र सुनिता बुढाको स्वरमा पन्चे बाजा सहितको टेम्को सनाईले भन्ने गित आर्टिस म्युजिक नेपालको अफिसियल युटुव च्यानलमा १३ मिनेट २० सेकेन्डको भिडियो सहित रहेको छ ।

सानैदेखि गित संगितप्रति मोह राख्ने उनी स्कुले जीवनमा गित गाउन रुचि राख्थें । उनले निर्मल उमाबि र हेटौंडा स्कुल अफ म्यानेजमेन्टबाट औपचारिक शिक्षा हासिल गरेका थिए ।

अनिल पराजुली
थप जानकारी