हेटौंडा । बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगितामा मकवानपुरको थाहा नगरपालिका फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा लिखु तामाकोशी गाउँपालिकालाई ३–२ सेटले हराउँदै थाहा फाइनलमा प्रवेश गरेको टिम म्यानेजर रुपक कार्कीले बताए ।

फाइनल प्रवेश गरेसँगै थाहाले उपाधीका लागि चितवनको भरतपुर महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । खेल आजै दिउँसो ३ बजेर ३० मिनेटमा सुरु हुने टिम म्यानेजर कार्कीले बताए । विजेता टिमले १ लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै तृतीय हुने टिमले ५१ हजार रुपैयाँ र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा थाहा नगरपालिका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने सिन्धुलीको कमलामाई नगरपालिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।