
हेटौंडा । हेटौंडा जेसीजको आयोजनामा हेटौंडामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
हेटौंडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको स्वर्गीय आमा अष्टकुमारी शाक्यको स्मृतिमा फागुन २६ गतेबाट प्रतियोगिता आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।
प्रतियोगितामा मकवानपुरको हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, हेटौंडा सिटी कलेज र नारायणी कलेज, बाराको सिमरा क्याम्पस, पर्साको नेशनल इन्फोेटेक र चितवनको एरोभा कलेजले सहभागिता जनाउने हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्ने उनले बताए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई पनि जनही पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।
उद्घाटन खेल हेटौंडा ४ हुप्रचौरमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र हेटौंडा सिटी कलेजबीच हुने कार्यक्रम संयोजक सुमन अर्यालले जानकारी दिए । प्रतियोगिता अवधिभर कूल ४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्