
हेटाैँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आज शुक्रबारबाट टी–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं.२ स्थित कुर्लेदमारको मैदानमा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर १ वडाअध्यक्ष आइत सिं लोले गरेका थिए ।
प्रतियोगिता उद्घाटनको पहिलो दिन सनराइज युवा क्लब, वार्ड २ भालुन्टार र मक्रानचुली रेड विजयी भएको छ । उद्घाटन अर्थात पहिलो खेलमा सनराइजले मक्रानचुली रेडलाई एक विकेट, दोस्रो खेलमा वार्ड २ भालुन्टारले वडा नम्बर ५ लाई ८ विकेट र तेस्रो खेलमा मक्रानचुली रेडले मक्रानचुली लाइटलाई ३५ रनले हराएको हो ।
टस हारेर पहिलो ब्याटिङ्ग गरेको मक्रानचुली रेडले १० ओभर पुरै खेलेर ४ विकेटको गुमाएर ७३ रन बनाएको थियो । ७४ रनको लक्ष्य सहित जवाफी ब्यटिङ्गमा उत्रिएका सनराइजले ९.२ ओभरमा ७ विकेटकोे गुमाएर लक्ष्य पुरा गरेको थियो ।
सनराइजलाई जित दिलाउनका लागि प्रज्वल न्यौपानेले सर्वाधिक २१ रन बनाए । त्यस्तै सागर न्यौपानेले १८, विशाल अधिकारी र अनिस न्यौपानले समान ७-७, अर्पन शर्माले ६, विवश सुवेदी र प्रकाश लामाले समान ३-३, सविन पाण्डेले १ रन जोड्दा सुजन अधिकारी खाता नै नखोली आउट भए । बलिङ्गतर्फ मक्रानचुली रेडका मनिक सञ्जेल र अनुप पोखरेलले समान २-२ विकेट लिदा सुनमा घिमिरे र कौशल देवकोटाको नाममा १-१ विकेट रह्यो ।
उता पहिले ब्यटिङ्ग गरेका मक्रानचुली रेडका रविन्द्र विक्रमले सर्वाधिक ३० रन बनाए । कृतिश दहाल १४, रोजन पोखरेलले ११ उत्सर्ग लामिछानेले ५ अनुप पोखरेलले २ र बिनम्र अधिकारी १ रन बनाएका थिए । बलिङ्गतर्फ प्रकाश लामाले २ र दिवश सुवेदीले १ विकेट लिएका थिए । पहिलो खेलमा बिजेता टोली सनराइनका प्रकाश लामा म्यानअफ दि म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा टस हारेर पहिला ब्यटिङ्ग गरेको वडा नम्बर ५ ले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ८४ रनको दिएको लक्ष्य भालुन्टारले ५.५ ओभर खेलेर लक्ष्य पुरा गर्यो । भालुन्टारका लागि सौरभ विक्रमले २७ बलमा ३ छक्का र ७ चौका सहित ५१ रनको अर्धशतकीय इनिङ्ग खेलेर आउट भए । तेस्रो स्थानमा आएका सन्तोष सुनारले ३ बलमा ११ रन जोड्दा संजिव सुनारले ७ रन बनाए । बलिङ्गतर्फ वडा ५ का बिपिन भण्डारीले १ विकेट लिएका थिए ।
पहिला ब्याटिङ्ग गरेको वडा ५ का प्रकाश घिमिरेले २८, मदन गोलेले २६, अमर गोलेले १२ र महेश बज्यूले ७ रन जोड्दा ओपनिङ व्याटर बिपिन भण्डारी शुन्य रनमा आउट हुन पुगेका थिए । बलिङ्गतर्फ भालुन्टारका सौरभ विक्रम र उद्दब ढकालले १-१ विकेट लिएका थिए । दोस्रो खेलमा बलिङ र व्याटिङ्गमा उत्कृष्ट प्रदर्शन गरेका शौरभ विक्रम म्यानअफ दि म्याच घोषित भए ।
तेस्रो तथा अन्तिम खेलमा पहिला व्याटिङ्ग गरेको मक्रानचुली रेडले १० ओभर पुरा खेलेर ३ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । जसका लागि ओपनिङ्ग ब्याटर रविन्द्र विक्रमले ५७ रनको अर्धशतकीय इनिङ्ग खेले । उनले ३४ बलमा १ छक्का र १० चौकाका प्रहार गरे । त्यस्तै विदुर हुमागाई अविजित २२, उत्सर्ग लामिछानेले १८, बिनम्र अधिकारीले २ रन जोड्दा कृतिश दहाल १ रनमै आउट भए । बलिङ्गतर्फ राम तिमल्सिना, दिवस ढुङ्गाना र रोशन तिमल्सिनाले समान १-१ विकेट लिए ।
जवाफी व्याटिङ्गमा मैदानमा उत्रिएको मक्रानचुली लाइट १० ओभर पुरा खेलेर ५ विकेटको क्षतिमा ८० रन मात्रै बनाउन सक्यो । मक्रानचुली लाइटका कमल पराजुली ३८ रन बनाउदा बाहेक अन्य व्याटरले राम्रो व्याटिङ्ग गर्न सकेनन् । राम तिमल्सिनाले १५, सौगात दहालले ११ र रोशन तिमल्सिनाले ४ रन बनाउँदा निश्चल दाहाल, निश्चलराज चौलागाई र एन्जल घिमिरे शन्य रनमा आउट भए । उत्कृष्ट व्याटिङ्ग प्रस्तुत गरेको रबिन्द्र विक्रम तेस्रो खेलका म्यानअफ द म्याच घोषित भए ।
लिगकम अकआउटको आधार खेलाईएको प्रतियोगिताको समुह ए मा दुई खेलबाट १ हार र १ जित सहित २ अंक जोडेको मक्रानचुली रेड अंकतालिकाको शिर्षस्थानमा छ भने सनराइज १ खेल खेलेको सनराइज २ अंकसहित दोस्रो र आफ्नो पहिलो खेलमै हार व्यहोरेको मक्रानचुली रेड तालिकाको पुछ्छारमा रहेको छ ।
त्यस्तै समुह वि मा आफ्नो पहिलो खेलमा सानदार जित दर्ता गरेको वार्ड २ भालुन्टार २ अंक सहित शिर्षस्थानमा छ भने वडा ५ तालिकाको पुछ्छारमा छ । समुह वि मा गढी दरबार(जि.डी) स्पोर्टसले भने आफ्नो पहिलो खेल खेल्नै बाँकी छ ।
प्रतियोगिताको दोस्रो दिन ५ खेल हुने मकवानपुर क्रिकेट क्लबका सचिव रविन्द्र विक्रम सापकोटाले जानकारी दिए । पहिलो खेल भोली बिहान ८ बजे जि.डी. स्पोर्टस् र वार्ड २ भालुन्टारबीच हुने उनले बताए ।
मकवानपुरगढी क्रिकेट क्लबसँगको सहकार्यमा मकवानपुरगढी खेलकुद विकास समितिको आयोजनामा भएको यस प्रतियोगिताको विजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा मकवानपुरगढीका ६ वटा टोलीको सहभागीता रहेको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको छ । सहभागी ६ टोलीलाई ३–३ टोली गरी ९समुह ए र वि०दुई समुहमा विभाजन गरिएको छ ।
समुहचरणको खेल लिग सिंगल राउण्ड हुनेछ । समुह चरणको लिगमा विजेता र उपविजेता हुने टोलीले सेमिफाइनलमा स्थान पाउनेछ । सेमिफाइनलमा समुह ए को विजेताले समुह बि को उपविजेतासंग र समुह बि को विजेताले समुह ए को उपविजेतासंग फाइनल प्रवेशका लागि भिड्नेछ ।
समुह ए मा सनराइज युवा क्लब, मक्रानचुली रेड र मक्रानचुली लाइट रहेका छन् भने समुह बि मा वडा नम्बर ५, वार्ड २ भालुन्टार र गढी दरबार (जी.डी)स्पोर्टस् रहेका छन् ।
मकवानपुरगढी गाउँपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने खेलाडीहरुले मात्रै सहभागिता रहेको छ । मकवानपुरगढी गाउँपालिकामा पालिकाको सहयोगमा पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।
मकवानपुरगढी खेलकुद विकास समितिका अध्यक्ष हिरा लामा सभाअध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मकवानपुरगढी गाउँपालिका प्रशाकीय अधिकृत सुधन लामिछाने, रास्वपा मकवानपुरगढीका अध्यक्ष अर्जुन दाहाल, नेकपा माओवादी केन्द्र मकवानपुरगढीका अध्यक्ष राजकुमार खड्का, युवा संघ मकवानपुरगढीका अध्यक्ष विष्णु सिलवाल, राप्रपा मकवानपुगढीका अध्यक्ष राम कुमार मगर लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्